प्राध्यापक राईलाई इम्जाले ‘पत्रकारिता दीर्घ सेवा पुरस्कार’ प्रदान गर्ने

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको ‘पत्रकारिता दीर्घसेवा पुरस्कार’ प्रदान गर्ने भएको छ ।

भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेपछि वि. सं. २०२२ मा नेपाल प्रवेश गरी पत्रकारिता गर्ने क्रममा वि. सं. २०३३ सालदेखि राईले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापनको थालनी गरेका थिए । झण्डै आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आएका पत्रकारिताका गुरु राईले ‘प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन्’ भन्ने उक्तिलाई चरितार्थ गरेका छन् ।

‘हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ’ भन्ने उनको दृढ अठोटबाट हजारौँ विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको छ । नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा बनेका राईलाई पुरस्कृत गर्न पाउँदा गौरव महसुस गरेको इञ्जाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *