संवैधानिक परिषदको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । संवैधानिक परिषदले चौथो वरीयतामा रहेका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको भन्दै रिट निवेदन दिएका हुन् । रिटमा पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गरिएको छ ।

रिट दर्ताको प्रक्रियामा रहेको त्रिपाठीले जानकारी दिएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मा सिफारिस भएका थिए ।

बैठकको निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *