पुराना चिकित्सक डा. शंकर उप्रेतीको काठमाडौँमा निधन

झापा । झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ।

हिजो राति काठमाडौँमा उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

लामो समयदेखि उनी काठमाडौँमा छोरा डा. सञ्जीव उप्रेतीसँगै बस्दै आएका थिए।

डा. शंकरले झापाको शनिश्चरे बजार नजिक रहेको निजी निवासमा करिब ५० वर्ष सर्वसाधारणलाई चिकित्सा सेवा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *