बुटवल । सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुम्बासीले बुटवलमा प्रदर्शनमा उत्रिएका छन् । सरकारले काठमाडौँ लगायतका देशका विभिन्न भागका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
बुटवलको राजमार्ग चौराहबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर कोण सभामा परिणत भएको थियो । सरकारी डोजर नीतिले सुकुम्बासीको उठिबास लगाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । रुपन्देहीमा ८० हजार बढीले भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए । रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुम्बासी रहेका बताइएको छ ।
