पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) युईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेलेपनि समाग्रमा ६-५ गोलको जित निकाल्दै पीएसजी लगातार दोस्रोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि दुई टोलीबीच भएको पहिलो लेगमा पीएसजी ५-४ गोलले विजयी भएको थियो ।

एल्लिनाज एरीनामा भएको दोस्रो लेगमा पीएसजीको लागि ओउस्माने डेम्बेलेले एक गोल गर्दा बायर्नको लागि ह्यारी केनले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै डेम्बेलेले गोल गर्दै पीएसजीलाई खेलमा १-० र समाग्रमा ६-४ गोलले अगाडि बढाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोलीलाई १-१ गोलको बराबरीमा ल्याएपनि समाग्रमा हार टार्न पर्याप्त रहेन ।

अब पीएसजीले फाइनलमा इंग्लिस क्लब आर्सनलको सामना गर्नेछ । आर्सनल सेमिफाइनलमा एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराउँदै २० वर्षपछि फाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *