प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक परिषदको बैठक बोलाइएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसमा संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्नेछन् ।

बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय गर्ने बताइएको छ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । सपना प्रधान मल्लले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारीको पद रिक्त छ । संवैधानिक पदहरुमा नियुक्तिका लागि सरकारले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *