एट्लेटिकोलाई हराउँदै आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । इंग्लिस क्लब आर्सनल युईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १-० तथा समाग्रमा २-१ गोलले हराउँदै आर्सनलले २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन कप्तान बुकायो साकाले निर्णायक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा लिएनार्दो ट्रोसार्डको पासमा साकाले गोल गर्दै आर्सनललाई खेलमा १-० र समाग्रमा २-१ गोलले अगाडि बढाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनलले विजयी बन्दै फाइनलको बाटो तय गरेको हो । अब आर्सनलले फाइनलमा आज पीएसजी र बायर्न म्युनिखबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल ३० मेमा हंगेरीको पुस्कास एरिनामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *