राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । वैशाख २८ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारले यसअघि वैशाख १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान समेत गरेका थिए । तर त्यसको भोलिपल्टै सरकारले अधिवेशन आह्वान स्थगित गर्न लगाएको थियो ।

अधिवेशन स्थगित गरी सरकारले आठ वटा अध्यादेश ल्यायो । राष्ट्रपतिले आठ वटा अध्यादेश जारी गरेपछि सरकारले आज फेरि अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *