काभ्रे । काभ्रेको चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्णरुपमा अवरुद्ध भई फसेकाहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
पाँच वटा इभी हाईस खोलामा फसेको जानकारी पाउनासाथ नम्बर १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको थियो ।
बिपी राजमार्ग सडकखण्डमा आवत जावत गर्ने सवारी साधनहरु सम्भावित जोखिमलाई मध्य नजर गर्दै रोशी गाउँपालिका ७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेका १ सय ६० वटा सवारी साधनहरु रोकेर राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
