गृहसचिव श्रेष्ठद्वारा सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *