भिनिसियसको दुई गोलमा म्याड्रिड विजयी

एजेन्सी । विंगर भिनिसियस जुनियरले दुई गोल गरेको खेलमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २-० गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी घटाएको हो ।

आरसीडीइ स्टेडियममा भएको खेलको ५५ औँ मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड ३४ खेलबाट ७७ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ३९ अंक जोडेको इस्पानियोल १३ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *