काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।
सरकारले राष्ट्रपतिसमक्ष आठ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । ती मध्ये सात वटा अध्यादेश जारी भएका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेश भने राष्ट्रपतिले फिर्ता गरेका छन् ।

