राष्ट्रपतिसँग कांग्रेस संसदीय दलका नेताको भेट, अध्यादेश जारी नगर्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार शीतल निवास पुगेर आङ्देम्बेले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनले सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्न विपक्षी दलहरूको तर्फबाट राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै विपक्षी दलहरू त्यसलाई तत्काल रोक्नुपर्ने पक्षमा उभिएका छन् ।

केही दिनअघि बसेको विपक्षी दलको संयुक्त बैठकले सरकारले सिफारिस गरेको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने र चाँडोभन्दा चाँडो सङ्घीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । त्यस्तै बैठकले राष्ट्रपति पौडेललाई अध्यादेश जारी नगर्न आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *