काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह एरीको सहयोगको मद्दतमा आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत जारी खेलमा नेपालले युएईलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जारी खेलमा नेपालले युएईलाई जितको लागि २ सय ९० रनको विजयी लक्ष्य प्रस्तुत गरको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८९ रन बनाएको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले सतक पूरा गरे । उनले ९४ बलमा १३ चौका र १ छक्काको मद्दतमा १ सय रन बनाए । यस्तै विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए । गुलसन झाले ३८ बलमा ४ चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफ शेखले ११ रन बनाए ।
युएईको लागि जुनाइड सिद्दिकी र अजय कुमारले दुई/दुई विकेट लिँदा हाइदर अली र खुजाइमा तान्भिरले एक/एक विकेट लिए । अब युएईले जवाफी ब्याटिङ गर्नेछ ।
