युएईविरुद्ध विनोदको अर्धसतक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरुद्ध जारी खेलमा विनोद भण्डारीले अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जारी खेलमा विनोदले एकदिवसीयमा व्यक्तिगत दोस्रो अर्धसतक पूरा गरेका हुन्  ।

विनोदले ७२ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका प्रहार गरे । ताजा अवस्थामा नेपालले २७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १ सय ३२ रन बनाएको छ । हाल विनोद भण्डारी ५६ र दीपेन्द्र सिंह एरी १४ रन बनाउँदै क्रिजमा छन् । यसअघि कप्तान रोहित्त पौडेल ४८ बलमा ३ चौकाको मद्दतमा ३९ रन बनाउँदै आउट हुँदा डेब्यु खेल खेलेका अर्जुन कुमाल ११ रन बनाउँदै पभिलियन फर्किए । भीम शार्कीले खाता खोल्न सकेनन् ।

युएईका अजय कुमारले दुई र जुनाइद सिद्दिकीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *