काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । बिहीबार साँझ राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि आजै दिउँसो राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए । सरकारले राष्ट्रपतिसमक्ष ६ अध्यादेश सिफारिस गरेको छ । ती मध्ये अझै चार अध्यादेश जारी गर्न बाँकी छ ।
