काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० रुपैयाँ कायम भएको छ ।
हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
