काठमाडौँ । बुधबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । मंगलबार २६ अङ्कले घटेको शेयर बजार बुधबार २५ दशमलव ८१ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४५ विन्दुमा झरेको हो ।
आज विकास बैंक, म्युचल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २४ प्रतिशतले ओरालो लागेको छ ।
आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३० वटाको बढेको छ । आज ३५१ वटा कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ४ अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।
