बहुमतको सरकारको अर्को उपहारः सार्वजनिक यातायातमा फेरि पाँच प्रतिशत भाडा वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मन्त्रीस्तरको निर्णयअनुसार सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरेको हो ।

यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । यो अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतको वृद्धि हो ।

इन्धनमा भएको यही मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ । यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो ।

यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइ डिजेलमा ५५ रुपैयाँ बढी पुगेपछि यातायात व्यवसायीहरू भाडा पुन समायोजन गर्न माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *