सुकुम्बासी बस्तीको विवरण संकलनमा सेनाको सक्रियता

काठमाडौँ । नेपाली सेनाले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी बस्तीको विवरण संकलन गरिरहेको खुलेको छ । विभिन्न नगरपालिकालाई पत्र लेख्दै सेनाले सुकुम्बासी बस्तीको विवरण संकलन गरिरहेको खुलेको हो ।

पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्ध नेपाल सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीमा देशभरका सुकुम्वासी तथा अव्यवस्थित वसोबासीको लगत तयार गर्ने, वास्तविक सुकुम्बासीहरुलाई चरणबद्ध स्थान उपलब्ध गराउने जस्ता विषयहरु समावेश भएअनुसार कार्यान्वयनको क्रममा रहेको छ । सोही क्रममा वैशाख १२ र १३ गते काठमाडौं उपत्यका भित्रका नदी किनार तथा सार्वजनिक जग्गाहरु अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरु हटाउने कार्यमा सुरक्षाकर्मीहरु परिचालन भएको व्यहोरा विदितै छ । तसर्थ, बर्दिया जिल्लामा रहेका अव्यवस्थित सुकुम्वासी वस्तीहरू सम्बन्धमा अद्यावधिक विवरण आवश्यक परेको हुँदा देहाय अनुसारको विवरण मिति २०८३ वैशाख १४ गतेभित्र गणलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।’

मनोहरा बस्तीका सुकुम्बासी हटाउने क्रममा पनि नेपाली सेना पुगेको थियो । सेना सुकुम्बासी बस्ती हटाउन परिचालन गरिएको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्रीको निर्देशनमा काठमाडौँ उपत्यकालगायत देशभर सुकुम्बासी बस्ती हटाउने क्रम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *