काठमाडौँ । नेपाली चलचित्र ‘लाली बजार’ प्रदर्शनमा रोक लगाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।
