इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित विकासक्रमः राष्ट्रपति ट्रम्प

वासिङ्टन । इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गरेका छन् ।

ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको बताउँदै भने, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ । इरानी जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन् ।

‘सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाएको छ ।”

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग भने, “इरानले जति बेला चाहन्छ त्यतिवेला आफूलाई फोन गर्न सक्छ । उहाँले भन्नुभयो, “सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ ।”

एक प्रस्तावको हवाला दिँदै ट्रम्पले भने, “इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन ।

“उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपथ्र्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,” उनले पत्रकारहरूसँग भने।

यात्रा रोक्नुको अर्थ खुला शत्रुतातर्फ फर्कनु हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, “होइन, यसको मतलब यो होइन । हामीले अहिलेसम्म यसबारे सोचेका छैनौं ।”

यसैबीच वाशिङ्गटनमा ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसिएसन’को रात्रिभोजमा आक्रमण प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेपछि ट्रम्पले भने, “उहाँलाई यो घटना इरानसँग सम्बन्धित छ जस्तो लाग्दैन र यसले अमेरिकालाई ‘युद्ध जित्न’ बाट रोक्ने छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *