ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि सुरक्षाकर्मीले तत्काल सुरक्षित स्थानमा लगेका छन् । प्रहरीका अनुसार घटनापछि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत शूटर पक्राउ परिसकेको जानकारी दिएका छन् ।

अचानक आवाज आएपछि कार्यक्रममा सहभागीहरू आत्तिएका थिए। ‘गेट डाउन!’ भन्दै चिच्याहट भएपछि सयौं अतिथि टेबलमुनि लुकेका थिए। सुरक्षाकर्मीहरू हतियारसहित हलभित्र प्रवेश गरेका थिए भने ट्रम्प दम्पतीलाई मञ्चबाट झुकाएर तुरुन्त बाहिर निकालिएको थियो ।

करिब २,६०० सहभागी रहेको उक्त कार्यक्रममा धेरैले सुरक्षित स्थान खोजेका थिए भने कर्मचारीहरू पनि भागदौडमा थिए। घटना पश्चात् सुरक्षा सतर्कता उच्च बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *