४८ दिन साइकल चलाएर घर पुगे एक बिद्यार्थी

एथेन्स । कोरोना भाइरस महामारीको कारण पटक पटक स्कटल्यान्डबाट स्वदेश फर्कने उडान रद्ध भएपछि दिक्कै हुँदै एकजना ग्रिसका बिद्यार्थी ४८ दिन सम्म साइकल चलाएर आफ्नो घर पुग्ने निर्णय गरेका थिए् । युनिभर्सिटी अप एवर्डिनका २० वर्षिय बिद्यार्थी क्लेयोन पापादिमिट्रिउले मार्चको उत्तरार्धमा कोरोना महामारीकै कारण उनले एथेनस फर्कन बुक गरेको उडान रद्ध भएपछि उनी उक्त साहसिक निर्णय लिन बाध्य भएको ग्रिसका संचार माध्यमले जनाएको छ ।
उनी भन्छन् , ‘ २ हजार १ सय ७५ माइल लामो दुरी तय गरेर घर सम्म पुग्नु अघि केहि अनुसन्धान त गर्नु नै पथ्र्यो । आफ्नो परिवार र साथीभाईसंग छलफल गरेर एउटा साइकल किनें । ’
उनले आफ्नो यात्रा प्रगति विवरणबारे आफ्ना समर्थकलाई निरन्तर जानकारी दिन एउटा एप र इन्सटाग्राम एकाउन्ट बनाएका थिए । केही रोटी र क्यान फुड लिएर उनले यात्रा शुरु गरे । इंगल्यान्ड , नेडरल्यान्ड , जर्मनी , अष्ट्रिया र इटाली हुँदै यात्रा पूरा गर्न उनले ३५ देखि ७५ माइल साइकल चलाएका थिए ।
उनले इटालीको पुर्वी समुद्री तट देखि ग्रिसको पात्रास बन्दरगाह सम्म भने जहाजबाट यात्रा गरेका थिए । त्यसपछि पुन साइकल चढेरै उनी एथेन्स पुगेका थिए । उनले यस यात्राका दौरान आफुले आफ्नो शासह र कमजोरी देखि लिएर धेरै कुरा सिक्न पाएको सिएनएनलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *