अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल

काठमाडौँ ।  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गरेका छन् ।

सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । ‘रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।’

अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौं आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *