काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । एकसाता नपुग्दै इन्धनको मूल्य बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको हो ।
यसअघि सरकारले चैत २५ गते भाडा समायोजन गरेको थियो । त्यसपछि २७ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ दिन नहुँदै पुनः वैशाख २ मा डिजेलमा ३० रुपैयाँ बढेको र दुईपटक गर्दा डिजेलमा ५५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेकाले भाडा समायोजन गनुपर्ने महासंघको माग छ ।

