तेहरान । अमेरिका–इजरायल युद्धका कारण इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ इस्लामिक गणतन्त्रको नेतृत्वको प्रमुख वार्ताकार र सबैभन्दा उच्च पदस्थ व्यक्तित्वका रूपमा उदाएका छन् ।
करिब तीन दशकदेखि इरानी संस्थापनको खम्बा र यसका सबैभन्दा प्रमुख गैर–धार्मिक क्षेत्रबाट आएका व्यक्तित्वहरू मध्ये एक मानिने ६४ वर्षीय गालिबाफले युद्धविराम प्रयासको नेतृत्व गरेका छन् र अहिले वार्ता प्रक्रिया भत्किने उच्च–जोखिमविच पनि संवादमा नेतृत्व गरिरहेका छन् ।
इरानका सर्वोच्च नेता अलि खामेनी, वरिष्ठ सुरक्षा अधिकारी अली लारीजानी र अन्य प्रमुख अधिकारीको ज्यान जाने गरी अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको पाँच साताभन्दा बढी समय बाँचेका गालिबाफ इरानी जनताले बढि विश्वास गरेका कुशल कुटनितिज्ञ मानिन्छन् ।
उनी गत सप्ताहन्तमा पहिलो पटक संयुक्त राज्य अमेरिकासँग इस्लामाबादमा वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्न सार्वजनिक रूपमा उपस्थित भएका थिए । उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरे । यो सन् १९७९ को इस्लामिक क्रान्ति भन्दा पहिलेदेखिका दुई शत्रुहरू बीचको उच्च स्तरको सम्पर्क थियो।
विदेशमा रहेका इरानी दूतावासहरूले सामाजिक सञ्जालमा प्रकाशित तस्वीरमा विदेश मन्त्री अब्बास अरागची चियामा व्यस्त रहेको र हातले इशारा गर्दै गरेका गालिबाफलाई इरानी वार्ता टोलीको केन्द्रमा राखिएको उत्साही र आत्मविश्वासी इरानी प्रतिनिधिमण्डलको नेतृत्वकर्ताका रूपमा देखाइएको छ।
करिब चार दशकसम्म इरानमा प्रभुत्व जमाएका खामेनीविनाको इरानी नेतृत्वको काम अधुरोजस्तोे देखिएको छ तर नयाँ नेतृत्वको विकास हुँदै गर्दा इरानी राजनीतिमा सकारात्मक आशा पनि छाएको छ।
खामेनीका छोरा मोजतबालाई उनेको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो तर उनी हवाई आक्रमणमा घाइते भएको खबरकाबीच अझै सार्वजनिक रूपमा देखिएका छैनन् ।
“लारीजानीको हत्यापछि गालिबाफ इस्लामिक गणतन्त्रको युद्धविराम प्रयास र कूटनीतिको नयाँ सार्वजनिक अनुहारका रूपमा देखा पर्नुभएको छ,” जेनेभा ग्राजुएट इन्स्टिच्यूटका प्रबन्ध अनुसन्धाता फरजान साबेतले भने ।
उनले भने, “तर हामीले उहाँमा निर्णय लिनसक्ने हैसियत कुन हदसम्म छ भनेर तौलिनु अतिरञ्जित हुनेछ । उहाँ अझै पनि तेहरानमा उच्च शक्तिहरूलाई जवाफ दिने हैसियत राखेको पुष्टि विगत केही हप्तालाई नियाल्दा हुन्छ ।”
साबेटका अनुसार गालिबाफ एयरोस्पेस फोर्सको कमान्डरका रूपमा प्रमुख व्यक्ति हुन्हुन्छ भने उहाँले मोजतबा खामेनी र इरानको वैचारिक सेना रिभोलुसनरी गाड्र्ससँग सहजै समन्वय गरेको देखिन्छ।
