आमसदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैनः पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आमसदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् ।

सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरी खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् ।

उनले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको पनि उल्लेख गरेका छन् ।

साथै उनले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न हुनेगरी १५ औँ महाधिवेशनको कार्यतालिका सम्पन्न भइसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समय सीमा भित्र रही नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरि अद्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक रहेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *