हामी सहमतिमा पुग्न सकेनौँ, यो इरानका लागि बढी नकारात्मक परिणाम होः उपराष्ट्रपति भान्स

इस्लामाबाद । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी वार्ता टोली पाकिस्तानबाट फर्किएको बताएका छन् । भान्सका अनुसार वार्तामा सहमति नजुट्नुका प्रमुख कारणहरूमा इरानले अमेरिकी सर्तहरू, विशेष गरी आणविक हतियार नबनाउने प्रस्ताव, अस्वीकार गर्नु रहेको छ ।

‘हामी सहमतिमा पुग्न सकेनौँ, र यो इरानका लागि बढी नकारात्मक परिणाम हो,’ भान्सले भने। ‘हामी स्पष्ट रूपमा आफ्ना ‘रेड लाइन’हरू राखेका थियौँ, तर सहमति हुन सकेन।’

वार्ताका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पटक–पटक छलफल गरेको पनि बताए ।
इस्लामाबादमा सम्पन्न यो वार्ता एक दशकभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष अमेरिका–इरान भेटवार्ता हो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि यो उच्चस्तरीय संवाद मानिएको थियो।

वार्ताको परिणामले हाल कायम दुई हप्ते युद्धविरामको भविष्य तथा इरानले अवरुद्ध गरेको होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत मार्ग—पुनः सञ्चालनमा आउने/नआउने विषयमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएको छ भने हजारौँ मानिसको ज्यान गएको छ।

उता, इरान सरकारले वार्ता समाप्त भएको पुष्टि गर्दै दुवै पक्षका प्राविधिक टोलीबीच कागजात आदान–प्रदान जारी रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *