चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा फर्कियो आर्टेमिस-२ को टोली

रोयटर्स । चन्द्रमाको परिक्रमा गरी आर्टेमिस–२ मिशनका अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् । करिब १० दिनको अन्तरिक्ष यात्रापछि उनीहरू प्रशान्त महासागरमा सफल रुपमा अवतरण गरेका हुन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘ओरियन’ क्याप्सुल, ‘इण्टेग्रिटी’, दक्षिण क्यालिफोर्नियाको तट नजिकै शुक्रबार साँझतिर समुद्रमा अवतरण गरेको हो । यो आधा शताब्दीभन्दा बढी समयपछि मानवले चन्द्रमातर्फ गरेको पहिलो यात्रा हो ।

आर्टेमिस–२ ले दुई पृथ्वी कक्ष पार गर्दै करिब ११ लाख किलोमिटर यात्रा गरेको थियो। चन्द्रमाबाट करिब २ लाख ५२ हजार माइल टाढासम्म पुगेको यो उडान मानवसहितको पहिलो परीक्षण मिशन हो, जसले सन् २०२८ देखि चन्द्र सतहमा पुनः अवतरण गर्ने योजनालाई मार्ग प्रशस्त गरेको छ।

वायुमण्डलमा पुनः प्रवेश गर्दा क्याप्सुलले अत्यधिक ताप र घर्षण सामना गर्नुपरेको थियो, जसका कारण केही समय सम्पर्क विच्छेद समेत भएको थियो । पछि प्यारासुटमार्फत गति घटाउँदै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण गराइएको हो ।

उद्धार टोलीले अन्तरिक्षयात्रीहरूलाई बाहिर निकालेर अमेरिकी नौसेनाको जहाजमा लगेको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनीहरू ह्युस्टन फर्किने तयारीमा छन्। आर्टेमिस कार्यक्रम चन्द्रमामा दीर्घकालीन उपस्थिति स्थापना गर्दै भविष्यमा मंगल ग्रहमा मानव पठाउने लक्ष्यसहित सञ्चालन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *