मध्यपूर्व तनावले क्षेत्रीय अस्थिरता थप गहिरिँदै

पेरिस । मध्यपूर्वमा जारी युद्ध र कूटनीतिक तनावबीच पछिल्ला घटनाक्रमहरूले स्थिति अझ जटिल र संवेदनशील बनेको छ । अमेरिका–इरान युद्धविराम, लेबनानको सङ्कट, इजरायल–हिजबुल्लाह तनाव र ऊर्जा आपूर्तिमा देखिएको असरले क्षेत्रीय अस्थिरता थप गहिरिएको देखिन्छ ।

अमेरिका–इरानबीच पाकिस्तानमा भइरहेको शान्ति वार्तामा सहभागी हुन अमेरिकी उपराष्ट्रपति जेडी भान्स वासिङ्टनबाट प्रस्थान गरेका छन् । दुवै पक्षले दुई हप्ते युद्धविरामका सर्त उल्लङ्घन गरेको आरोप लगाइरहेका बेला उहाँको भ्रमणलाई निर्णायक प्रयासका रूपमा हेरिएको छ ।

उपराष्ट्रपति भान्सले वार्ताअघि प्रतिक्रिया दिँदै सकारात्मक संवादको प्रयास गर्ने बताएका छन् । उनका अनुसार इरानले इमानदारीपूर्वक वार्ता गर्न चाहेमा अमेरिका खुला मनले अघि बढ्न तयार छ, तर छलफललाई कमजोर बनाउने प्रयास भएमा अमेरिकी टोली कडा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *