बीमा बोर्डमा मलाई बोलाइएको घटनामा मेरो पतिलाई जोडिनु उचित थिएनः जुनु श्रेष्ठ(भिडियो)

काठमाडौं । श्रममन्त्रीबाट बर्खास्त भएका रास्वपाका सांसद दीपक साहकी पत्नी जुनु श्रेष्ठले प्रधानमन्त्री बालेन साहले पदको दुरुपयोग गरी आफ्ना श्रीमानलाई पदमुक्त गरेको आरोप लगाएकी छन् ।

साहलाई पदमुक्त गरेपछि सामाजिक संजालमार्फत श्रेष्ठले स्वास्थ्य बीमा बोर्डमा आफ्नो निरन्तरतालाई लिएर श्रीमानलाई जोड्नु आवश्यक नभएको बताएकी हुन् ।

उनले श्रीमान र आफूसँग एकपटक पनि स्पष्टीकरण नसोधी कारबाही गरिएको गुनासो गरेकी छन् । यसलाई सुशासन भन्न नमिल्ने बताएकी छन् ।

उनले भनेकी छन्, ‘मलाई बोर्ड बैठकमा बोलाइयो र म गएँ । तर अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन । हामीले समाजमा महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ । अहिले पनि यस्तो सोच हाम्रो समाजमा छ । बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ ।’

पार्टीको सिफारिसमा प्रधानमन्त्रीले मन्त्री साहलाई पदमुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *