नेप्सेमा ४८ अंकको वृद्धि

काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से ४८.७१ अंकले बढेको छ । शेयर बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३८ कम्पनीका १ लाख ८ हजार ८६९ पटकको कारोबारमा कुल ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरका २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।

विपरीत रूपमा, एनआइसी एशिया फन्डको इकाईमूल्य भने सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेशनल हाइड्रो अग्रस्थानमा रहेको छ, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

उपसमूहतर्फ हेर्दा, सबै १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ । साथै, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *