पूर्वमिस नेपाल उषा खड्गीका जाहेरीमा जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीको उजुरीपछि पूर्वपति जीपी तिमल्सिना पक्राउ परेका छन् । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

त्यसपछि मंगलबार प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको हो । जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि उषाले सामाजिक सजालमार्फत आफूलाई सुरक्षा चाहिएको बताएकी थिइन् । २०७९ जेठमा उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *