इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु

इजरायल । इजरायली सेनाले आइतबार लेबनानमा हेजबुल्लाहका नेतालाई लगाएको निशाना गल्तीवस अर्का एक व्यक्तिलाई लाग्दा हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूहका वरिष्ठ नेता मारिएको इजरायली सेनाले स्वीकार गरेको छ।

आइतबारको घटनामा इजरायली आक्रमणमा मारिएका व्यक्ति हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूह लेबनानी फोर्सेज पाटीका वरिष्ठ नेता भएको पुष्टि भएको छ।

आइडिएफले आफ्नो लक्ष्यमा प्रहार गने क्रममा भूलवस गलत निशाना लागेको भन्दै यसका लागि माफी मागेको आइडिएफले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

इजरायलले एउटा आवासीय भवनको एक भागमा गरेको आक्रमणमा लेवनानी वरिष्ठ अधिकारी पियरे मुवावाद र उनकी पत्नी फ्लाभियाको मृत्यु भएको थियो ।

उक्त अपार्टमेन्ट बेरुतको पूर्वमा रहेको इसाई बहुल शहर ऐन सादेहमा रहेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी एक पुरुष र दुई महिलाको मृत्यु भएको थियो ।

स्थानीय नगर प्रमुखले मृत्यु हुनेहरु लक्षित अपार्टमेन्टभन्दा एक तला तल बसिरहेका बताएका छन् । आइडिएफले भनेको छ, “यस आक्रमणको परिणामको रूपमा, यससँग कुनै सम्बन्ध नभएका धेरै मानिसहरू परेको भन्ने रिपोर्टबारे समीक्षा भइरहेको छ।”

लेबनानी फोर्सेज पार्टीले आक्रमणको निन्दा गर्दै भनेको छ, “मुआवाद ‘न त लडाकु हुनुहुन्थ्यो, न त सैन्य लक्ष्य’ । घातक आक्रमण हुनुभन्दा ठीक पहिले, उनले आफ्नो परिवारसँग घरमा इस्टर मनाएका थिए ।

पार्टीले हेजबुल्लाहको कडा निन्दा गर्दै भनेकाे छ, “यो घटनाले सैन्य मुठभेडहरू अब आवासीय क्षेत्रहरूमा तानिएकाे पुष्टि भएको छ । अनाहकमा नागरिकहरूले ज्यान गुमाउन नपरोस्।”

इरानको एक क्षेप्यास्त्र आइतबार राति सरायको हाइफामा खसेको थियो । उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । सोमबार भएको आक्रमणमा परेको भवनबाट चारवटा शरीरका झोलाहरू पनि बाहिर निकालिएको बीबीसीले जनाएको छ।

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले उक्त आक्रमणको प्रतिक्रिया दिएका छन् । “मैले भर्खरै हाइफाका मेयर जोनाह याहवसँग कुरा गरें र हाइफामा चार जनाको ज्यान गएकोमा गहिरो समवेदना व्यक्त गरेँ,” उनले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *