परराष्ट्रमन्त्री खनाल र यूएईका समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्रीय शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्ला बिन जायेद अल नह्यानसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा परराष्ट्रमन्त्री खनाललाई युएईका परराष्ट्रमन्त्रीले बधाई दिएका थिए ।

दुवै नेताबीच पश्चिम एशियाको पछिल्लो अवस्थाबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खनालले यूएईप्रति नेपालको ऐक्यबद्धता व्यक्त गर्दै त्यहाँको सार्वभौम भूभागमा नागरिक तथा ऊर्जा पूर्वाधार, बन्दरगाह र विमानस्थल लक्षित आक्रमणको कडा शब्दमा निन्दा गरे ।

उनले आक्रमणका क्रममा एक नेपाली युवाको मृत्यु तथा अन्य २४ जना नेपाली घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मन्त्री खनालले युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै स्थायी शान्ति कूटनीति र संवादबाट मात्र सम्भव हुनेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *