परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूतको भेट

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।

भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *