काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ ।
आइतबार डीपी अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् । अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेपनि कांग्रेसको बाँकी छ । अहिले कांग्रेस संसदीय दलमा सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षका रहेका कारण दलको नेता चयनमा निर्वाचन हुने आँकलन गरिएको छ ।
