इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ

वासिङटन । इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानका ‘रिभोलुसनरी गाड्र्स कप्र्स’का मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।

मृतककी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ । सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन ।

विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को हिरासतमा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आइआरजिसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “प्रेस रिपोर्टिङ र आफ्नै सामाजिक सञ्जालहरूमा आएका उहाँको प्रतिक्रिया दुबैले सुलेमानी अफसार इरानी वर्तमान् सत्ताका मुखर समर्थक भएको पुष्टि गरेका छन्।”

उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

मारिएका अर्का इरानी पूर्व सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले संयुक्त राज्य अमेरिकामा छैनन् र भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *