सुरेन्द्र पाण्डेको प्रश्नः यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बिहीबारको प्रतिनिधिसभा बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत पाण्डेले यो वातावरण सिर्जना गर्न विगतमा आफूहरुकै सरकारको अकर्मण्यता जिम्मेवार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हिजो संसदमा ‘षड्यन्त्र’का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो–सबै दोष अरूलाई ! हामी पनि दोषी छौं – यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो ‘घेराबन्दी’मा पर्यौँ भन्ने ‘राष्ट्रवादी’ राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’

उनले आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई अतिवादतिर धकेल्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं । २३/२४ छानबिन हुनुपर्छ – तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *