काठमाडौँ । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन भएका छन् ।
प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उनको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दङ्गाल चयन भएका हुन् । नेता दङ्गालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिए ।
