काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
