काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय

काठमाडौं । काठमाडौं जिल्लाका पूर्व सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।

उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।  पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *