अदालतका डिठ्ठा ५० हजार घुससहित पक्राउ

काठमाडौँ । जिल्ला अदालत रौतहटका डिठ्ठा लव कुमार सिंह ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

सिंहले अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले दाबी गरेको छ ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले सिंहलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला अदालतको परिसरबाट नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *