१९ अंकले बढ्यो नेप्से

काठमाडौँ । दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजार नेप्से साताको तेस्रो दिन मंगलबार भने बढेको छ । मंगलबार नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ ।

आज ३३९ वटा कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ ।

आज ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो । कारोबारमा आएकामध्ये १९५ कम्पनीको मूल्य बढ्दा ६३ वटाको घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *