काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसहितको टिमबीच छलफल भएको छ ।
मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।
सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।
छलफलमा गृहमन्त्री गुरुङले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउन निर्देशन दिएका छन् । त्यस्तै तस्करी नियन्त्रणका लागि पनि कडाइ गर्न उनले निर्देशन दिएका छन् ।
