गगनलाई काउण्टर दिँदै देउवा पक्षको छुट्टै केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । महाराजगन्जको स्मार्ट होटलमा बैठक सुरु भएको हो । बैठकको अध्यक्षता देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काले गरेका छन् । बैठकमा १४ औँ महाधिवेशनमा निर्वाचित कार्यसमितिका सदस्यहरु सहभागी छन् ।

बैठकमा निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय, नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाललगायत सहभागी छन् ।

बैठकमा सरकारले गत शनिबार पक्राउ गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकबारे छलफल हुने नेताहरुले बताएका छन् । नेता लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरी विरोध जनाएका थिए ।

यता विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले खड्काले विज्ञप्ति जारी गरेपछि कारबाहीको तयारी गरेको छ । त्यसका लागि बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *