सरकारको कार्ययोजनाले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म समस्या समाधान हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ढकालले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ सम्बन्धी निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म देखिएका समस्याहरू समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
साना समस्याका कारण वर्षौंदेखि रोकिएका आयोजनाहरूका लागि समेत यो योजना प्रभावकारी हुने उनले बताए ।

उनले भने, ‘सरकारको पहिलो क्याविनेटबाट ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ भनेर बैठकले निर्णय गरेको छ । त्यसले हाम्रा हरेक समस्याहरुको समाधान गर्छजस्तो लाग्छ । चाहे सुरक्षाको कुरा होस् वा प्रोजेक्टहरु होस् । जुन सानो समस्याले वर्षौदेखि रोकिएको छ । तर दोष चाहिँ निर्माण व्यवसायीहरुले लिनुपरेको छ ।यो निजी क्षेत्रको लागि ठूलो उपलव्धि हो ।’

उनले २०४६ सालपछि भएका विभिन्न आन्दोलनहरूमा निजी क्षेत्रका व्यवसायी, प्रतिष्ठान तथा व्यक्तिहरू नै लक्षित हुने गरेको अनुभव सुनाए । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारबाट स्पष्ट सन्देश आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *