समाचारका लागि फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियामा पारित

समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ । अस्ट्रेलियाको नयाँ कानूनलाई विश्वका अरु देशमा यस्तै कानून बनाउने सम्भावनाको परीक्षणका रुपमा लिइएको छ।

अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्। गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना भएपछि सरकारसँगको वार्ता गरेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

वार्तापछि संशोधनसहित कानून पारित गरेको हो । संशोधन अनुसार फेसबुक र गुगल केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरुलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् । संशोधित कानून अस्ट्रेलियाको तल्लो सदनबाट बिहीबार पारित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *