काठमाडौँ । सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन साहका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न शाहको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
उनले भने, ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधित्वसहित कार्यदल गठन गर्ने निर्णय भएको छ । राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ ।’
